नेपाली सेनामा जागीर खान हिडेकी युवतीले किन गरिन होटलभित्रै झुण्डिएर आत्महत्या ?
२५ मंसिर, बांके । बांकेकाे काेहलपुरस्थित एक हाेटलकाे काेठामा एक युवती झुण्डिएकाे अवस्थामा भेटिएकी छिन् । नेपाली सेनामा जागीर खाने तयारीमा रहेकी रञ्जना विष्ठले आफुले लगाएको सल पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
होटल संचालकले कोठामा विष्ठ मृत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय कोहलपुरमा खबर गरेका थिए । विष्ठकाे हत्या वा आत्महत्या के हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विष्ठ शनिवार सांझ होटलमा बस्न आएको र उनले आफ्नो नाम शुसिला रावल वताएको होटल संचालकले बताएका छन् । शनिवार बस्न आएकी युवतीले आइतवार दिउसो १२ वजे पनि कोठा नछोडेपछि होटल संचालक बुझ्न जाँदा उनलाई मृत देखेको होटल सञ्चालकले बताए ।
प्रहरीले हाेटलकाे कोठा खोलेर हेर्दा एउटा मोवाइल तीन टुक्रा परेको अवस्थामा र सुसाइड नोट प्रेमीको नाम फेला परेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
घट्ना घटेको थाहा पाए लगतै आफन्तहरु होटलमा रुवाबासी गर्दै पुगेका थिए । आफन्तका अनुसार उनि अविवाहित थिईन् तर उनले कुनै केटाको नाममा सिउदोमा सिन्दुर हालेर आत्महत्या गरेको आशंका गरेका छन् ।
रञ्जना हिजो मात्र चितवनबाट नेपाली सेनामा प्रवेसका लागि दौडेर सेलेक्ट भएर आएको आफन्तले जनाएका छन् ।
प्रकाशित मिति : 10:37









