१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

पशुपति–जनकपुर साइकल यात्राका सहभागी सिन्धुलीगढीमा, हेर्नुस यात्राका १५ रमाइला तस्बिर

२४ मंसिर, काठमाडाैँ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरू गरेको साइकल यात्रा यस वर्ष सांस्कृतिक सहर जनकपुरसम्म पुग्दै छ । साइकल यात्रा सुरू भएको अाज दोस्रो दिन भएको छ । साइकल यात्रीहरू यस वर्ष विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी हुँदैछन ।

काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् । उनीहरुलाई पहिलो दिन सिन्धुलीको मुलकोटमा बसेका थिए भने अाज सिन्धुलीमाढीमा जारी बृहद् सांस्कृतिक कार्यक्रममा सहभागी भएर त्यही बसेका छन ।

भोलि साइकल यात्री जनकपुरमा विवाह पञ्चमीमा हुने रामजानकी विवाहोत्सवमा सहभागी हुनेछन भने पर्सी काठमाडौं फर्कनेछन । यात्राका क्रममा रहेका साइकल यात्रीहरूले अाफैँले फेसबुकमा पोष्ट गरेका १४ रमाइला फोटो हामीले संकलन गरेर यहाँ प्रस्तुत गरेका छाैँ । साइकलयात्रीलार्इ अाइतबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिदाइ गरेका थिए ।

प्रकाशित मिति : 22:30