१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

भ्रष्टाचारीलाई टेबलबाट निकालेर मोसो दलाैँः प्रवक्ता श्रेष्ठ

२४ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै मिलेर भ्रष्टाचारीलार्इ कारबाही गर्नुपर्ने बताएका छन । उनले भ्रष्टाचारीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै पर्खेर बस्नु नपर्ने बताए ।

राजधानीको होटल हार्दिकमा सोमबार आयोजित कृषि र वन विज्ञान शिक्षामा निजीकरण विषयक अन्तरक्रियामा बोल्दै उनले राजनीति मात्रै होइन हरेक क्षेत्र, हरेक संगठन भ्रष्टाचारमुक्त नभएको बताए । उनले भने ‘कानून र अख्तियारले कारवाही गर्दैन र गलत बाटोतर्फ लैजान खोजिन्छ भने विद्यार्थी, शिक्षक र सबै जनता मिलेर भ्रष्टाचारीलाई टेबलबाट निकालेर मोसो दलेर कारवाही गर्नुपर्छ ।’

उनले अघि भने ‘विद्यार्थी, शिक्षक, प्राध्यापक, नेता सबैले भ्रष्टाचारको विरोधमा नयाँ बहस चलाउनु आवश्यक छ’ उनले भने, ‘विद्यार्थी नै विद्यार्थी जस्ता छैनन् । युवा पनि युवा जस्ता भएनन् । विद्यार्थी नेता नै पैसा लिएर सम्बन्धन दिलाउन लागेका छन् ।’

प्रकाशित मिति : December 10, 2018 at 9:18 pm