१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

समय लागेपनि निर्मला पन्तको हत्यारा पत्ता लाग्छः प्रधानमन्त्री अोली

२४ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताएका छन ।

राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दुखद रहेको उल्लेख गर्दै घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

प्रधानमन्त्रीले पन्तको परिवारजनलाई धैर्यधारण गर्न समेत आग्रह गरे । “दोषीको पहिचान ढिलोचाँडो हुन्छ, कुनै हालतमा दोषी उम्कन सरकारले दिने छैन ।” उनले सरकार सधैँ मानवअधिकारको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : December 10, 2018 at 8:28 pm