९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

एकैदिन २ हजार रूपैयाँ घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?

४ साउन, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि ३० रूपैयाँले घटेर प्रतितोला १८ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार ११:२७