प्रधानमन्त्री बालेन र मोदीबीच भेटवार्ता
७ मंसिर, काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिच ‘हैदराबाद हाउस’ मा भेटवार्ता सुरु भएको हाे ।
दुई देशका प्रधानमन्त्रीबिचको उक्त वार्तापछि दिउँसो १२:२५ बजे ‘हैदराबाद हाउस’ मै समझदारीपत्र (एमओयू) हरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुने कार्यक्रम रहेको छ । यसअघि सोमबार बिहान प्रधानमन्त्री बालेनलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो र त्यहाँ भारतीय समकक्षीको उपस्थितिमा गार्ड अफ अनर प्रदान गरिएको थियो । त्यसलगत्तै उनले राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए ।

आजै दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । दिनभरका महत्त्वपूर्ण औपचारिक तथा कूटनीतिक कार्यक्रमहरू सम्पन्न गरी उनी अपराह्न ४:५० बजे स्वदेश फिर्ताका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : November 23, 2026 at 11:49 am













