१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री अाेलीद्वारा चियापान समारोह ( फाेटाेफिचर )

२४ मंसिर, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज चियापान समारोहको आयोजना गर्नुभएको छ ।

सिंहदरबारमा आयोजना गरिएको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, उच्चपदस्थ अधिकारीहरु, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा प्रत्येक वर्ष प्रधानमन्त्रीले चियापान समारोहको आयोजना गर्ने गरिएको छ । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य राष्ट्रसमेत रहेकाले मानवअधिकारको विषयलाई महत्वका साथ प्राथमिकता दिदै आएको छ ।

रासस

प्रकाशित मिति : 19:43