समृद्धिको यात्रामा युवाको अग्रसरता आवश्यक : मन्त्री मगर
२३ मंसिर, कञ्चनपुर । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आर्थिक समृद्धिका लागि युवा अग्रसरता आवश्यक रहेको बताउनुभएको छ । कञ्चनपुरको बेलौरीमा सञ्चालित प्रथम मेयर कप खुला फुटबल प्रतियोगिताको आज समापन समाराहेमा मन्त्री मगरले विकासमा प्रतिस्पर्धा गर्न प्रतिपक्षीलगायत सबै राजनीतिक दलसित आग्रहसमेत गर्नुभयो ।

फुटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि वैशाखी बेलौरीले कैलाली खेलकूद विकास समितिको टिमलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको छ । बेलौरी नगर खेलकूद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले नगद रू एक लाख १५ हजार ११५ र उपविजेता टिमले रू ६६ हजार ६६६ नगदसहित पुरस्कृत भएको छ ।
प्रकाशित मिति : 22:35









