१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

१६ कात्तिक, काठमाडौं । आजदेखि सरकारी कार्यालयको समय एक घण्टा घटाइएको छ। सरकारको निर्णयअनुसार अब माघ १५ गतेसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो व्यवस्था सातामा पाँच दिन लागू हुनेछ।

 यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयलाई पनि सरकारले निरन्तरता दिएको छ।

प्रकाशित मिति : November 2, 2026 at 9:07 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/