मानव अधिकारका लागि सबै क्षेत्र क्रियाशील हुन आवश्यक: राष्ट्रपति भण्डारी
२४ मंसिर, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपलब्ध स्रोत साधनको व्यवस्था गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सबै क्षेत्र क्रियाशील हुन आवश्यक रहेको बताउनुभएको छ ।
सत्तरीऔँ विश्व मानव अधिकार दिवस मनाउन लागिएका अवसरमा स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उहाँले नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चिता गरेकाले मानव अधिकारको कार्यान्वयनका लागि विभिन्न निकायको व्यवस्था भएको उल्लेख गर्नुभएको छ ।

विश्वमानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा उहाँले आफ्नो सन्देश भन्नुभएको छ, “ती निकायका सक्रिय कार्य सम्पादनबाट मानव अधिकारको प्रत्याभूतिको आभास सबैले गर्ने छन् भन्ने मलाई लाग्छ । त्यसैले मानव अधिकारका सिद्धान्त सर्वव्यापी भए तापनि तिनको कार्यान्वयन राज्यका सिमानाभित्र नै हुन्छन् ।”
“सबल, सक्षम र राष्ट्रिय एकता सुदृढ भएको लोकतान्त्रिक राष्ट्रमा नै मानव अधिकारको प्रत्याभूति हुन सक्छ भन्नेमा पनि हाम्रो ध्यान जान आवश्यक छ ।” राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ । उहाँले मानव अधिकारको सिद्धान्तलाई आम जनतासमक्ष पु¥याउन हाम्रो शिक्षा प्रणालीमा मानव अधिकार शिक्षा समावेश गर्नेतर्फ सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : December 10, 2018 at 5:33 am









