नुवाकोट तारूकाका सन्तोष अवस्थी र निलु अवस्थी लागूअाैषधसहित कलंकीबाट पक्राउ
२३ मंसिर, काठमाडाैँ । नुवाकोटका एक जोडी लागूअाैषधसहित पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित नुवाकोटका २ जनालाई पक्राउ गरेको हो ।
नुवाकोट, तार्केश्वर गाउँपालीका २ घर भई काठमाण्डौ महानगरपालीका कलंकी मन्दिर नजिकै बस्ने वर्ष ३२ को सन्तोष अवस्थी र निजको श्रीमती वर्ष २७ की निलु अवस्थीलार्इ प्रहरीले पक्राउ गरेको हो ।

अवस्थीद्धयले कोठामा लुकाई छिपाई राखेको अवस्थामा १० सेट (३० एम्पुल डाईजापाम र फेनारगन) लागुऔषध सहित निज दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 19:48









