८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रचण्डलाई भोलिसम्ममा सरकार छाड्न एमालेको अल्टिमेटम, यस्ता छन सचिवालयको निर्णय

१८ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भोलिसम्ममा सरकार छाड्न नेकपा एमालेले अल्टिमेटम दिएको छ । मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई भोलिसम्ममा सरकार छाड्न अल्टिमेटम दिएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा सत्ता साझेदारी लगायतमा सहमति भएपछि मंगलबार एमालेले सरकार छाड्न अल्टिमेटम दिएको हो । एमालेले प्रचण्डले संबिधानको धारा ७६ (२) को सरकार निर्माणका लागि सहयोग गर्नुपर्ने बताएको छ । एमालेले सरकार छाड्न अल्टिमेटम दिए पनि सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने बारेमा भने कुनै निर्णय गरेको छैन ।

एमाले बैठकले एमाले र नेपाली कांग्रेसको सहमति अनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायीत्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरुलाई आव्हान गर्ने निर्णय पनि गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : July 2, 2024 at 7:59 pm