१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

अन्तरप्रदेश परिषद्को बैठक भोलि, मुख्यमन्त्रीका माग एकै पटक सम्बोधन हुने

२२ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अन्तरप्रदेश परिषद्को बैठक आह्वान गरेका छन्। मुलुकमा सङ्घीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भए गरेका काम कारबाहीको समीक्षाका लागि परिषद्को बैठक बोलाइएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार सङ्घीय शासन प्रणाली अवलम्बनका क्रममा भए गरेका काम कारबाहीको विषयमा बैठकमा समीक्षा हुनेछ।

बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भए गरेका कामका बारेमा जानकारी गराउने छन्। बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले गर्नेछन्। बैठकमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा युवराज खतिवडा सहभागी हुनेछन्। सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशको काम कारवाही र समस्याका बारेमा जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

नेपालको संविधानको धारा २३४ ले अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ। सङ्घ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो। बैठकमा सङ्घीय सरकार र प्रदेश सरकारको काम कारबाहीलाई कसरी समन्वय गर्ने र कसरी नजिता निकाल्ने विषयमा समेत छलफल हुनेछ।

कुनै विषयमा विवाद भएको अवस्थामा त्यो विषयसँग सम्बन्धित नेपाल सरकारका मन्त्री र सम्बन्धित प्रदेशका मन्त्री तथा विशेषज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्थासमेत रहेको छ। यस्तै अन्तर प्रदेश परिषद्को बैठकसम्बन्धी कार्यविधि सो परिषद् आफैँले निर्धारण गरेबमोजिम हुने संवैधानिक व्यवस्था छ। रासस

प्रकाशित मिति : December 8, 2018 at 10:35 pm