१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

ओली र देउवाबीच बालकोटमा भेटवार्ता

१५ असार, काठमाडाैँ । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ ।

उहाँहरूबीच शनिवार दिउँसो बालकोटमा भेटवार्ता भएको हो । एमाले अध्यक्ष ओलीलाई भेट्न देउवा उहाँकै निवास बालकोट जानुभएकाे हाे ।

उहाँहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताइएकाे छ । भेटमा देउवा पत्नी डा आरजु राणा पनि सहभागी हुनुभएकाे थियाे ।

प्रकाशित मिति : 20:20