गणेश लामाको पक्षमा कांग्रेसको राँके जुलुस, प्रहरीद्धारा अश्रु ग्याँस प्रहार
३ चैत, काभ्रे । काभ्रेको बनेपामा गणेश लामाको पक्षमा कांग्रेसकले राँके जुलुस निकालेको छ । हतियारसहित पक्राउ परेका गुण्डा नाइके एवम् कांग्रेस ’नेता’ गणेश लामाको रिहाइको माग गर्दै निकालिएको जुलुसमा झडप हुँदा प्रहरीले २ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
लामाको रिहाइको माग गर्दै कांग्रेस सम्बद्ध युवाहरुले शनिवार साँझ बनेपामा मसाल जुलुस निकालेका थिए । काभ्रे प्रहरी प्रमुख एसपी सहकुल थापाले कांग्रेस कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा मुडा प्रहार गर्न थालेपछि अश्रु ग्याँस प्रहार गरेको बताएका छन् ।
प्रहरीले उनको साथबाट एक चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउण्ड गोली बरामद गरेको थियो । प्रहरीले लामाविरुद्ध हातहतियार तथा खरखजना ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।
प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार २०:०७