संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने
१० असार, काठमाडौँ । संसद् सचिवायलका आन्दोलनरत कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ । सोमबार आन्दोलनरत कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएसँगै उनीहरूको भत्ता बढ्ने भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा भएको वार्ता सोमबार निष्कर्षमा पुगेको हो । सहमतिमा कर्मचारीहरूलाई प्रदान गरिंदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने साथै यो रकम मासिक रूपमा प्रदान गर्ने उल्लेख गरिएको छ । कर्मचारीहरू २१ दिनदेखि आन्दोलनमा रहेका थिए ।

प्रकाशित मिति : June 24, 2024 at 6:03 pm









