लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारसभा, बुक क्लोज कहिले ?
१० असार, काठमाडाैँ । नागरिक लगानी कोषले लाभांश पारित गर्न २९औं वार्षिक साधारणसभा बाेलाएकाे छ । कोषको असार ९ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौँ भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेका लागि साधारणसभा बाेलाएकाे हो ।
साधारणसभाले कोषको गत आर्थिक वर्षको आम्दानीबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै सेयरधनी र सञ्चालकहरूका तर्फबाट एकरएक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
साधारणसभा प्रयोजनार्थ कोषले असार २० गते बुक क्लोज गर्ने भएको छ ।
प्रकाशित मिति : १० असार २०८१, सोमबार १०:३७