१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता सेयरको लकइन अवधि आज सकिँदै

१० असार, काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आज समाप्त हुँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लकइन अवधि आज समाप्त हुन लागेको हो ।

गत पुस ११ गते कम्पनीले साधारण बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

उक्त सेयरमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार १०:२४