११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

निफ्राको १० लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति ?

१० असार, काठमाडाैँ । एनआईसी एसिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर बिक्रीमा ल्याएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर आज असार १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।

सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद असार १७ गतेसम्मलाई तोकिएको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। अर्थात,बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने हुन्छ।

एनआईसी एसिया बैंकको काठमाडौँ थापाथलीस्थित कर्पोरेट कार्यालयका साथै शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत तथा काठमाडौँको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सकिने सूचनामा जनाइएकाे छ।

प्रकाशित मिति : June 24, 2024 at 10:09 am