निर्मला हत्या प्रकरणको अनुसन्धान नयाँ मोडमा, रावलको वयानका अाधारमा थप तीन युवा पक्राउ
२० मंसिर, काठमाडौं । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न रहेको अाशंकामा प्रहरीले थप तीन जना युवालार्इ पक्राउ गरेको छ । प्रहरीले बिहीबार तीन युवालार्इ पक्राउ गरी काठमाडाैँ ल्याएको छ ।
सोमबारदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेका युवा प्रदीप रावलले दिएको बयानको अाधारमा उनीहरूलार्इ पक्राउ गरी काठमाडाैँ ल्याइएको बताइएको छ । योसँगै निर्मला हत्या प्रकरणले नयाँ मोड लिएको छ ।

रावलको बयानका आधारमा उनीहरुलाई बिहीबार दिउँसो काठमाडौं ल्याइएको र उनीहरूलार्इ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा राखेर साँझदेखि नै सोधपुछ थालिएको छ ।
रावलको समूहले घटनास्थल वरपर बसेर लागूऔषध सेवन गर्ने गरेको पाइएको प्रहरीको दाबी छ । प्रारम्भिक अनुसन्धान गर्ने टोलीले घटनास्थल वरपर सिरिन्ज लगायतका सामग्री फेला परेकाले लागूऔषध सेवनकर्ता पनि घटनामा संलग्न भएको हुनसक्ने आशंका गरेको थियो ।
यो पनि पढ्नुहोस्
–निर्मला हत्या प्रकरणः पक्राउ परेका युवाको परिचय खुल्यो, अाइजी खनाल अाफैँले लिए वयान
प्रकाशित मिति : 22:53









