१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

निर्मला हत्या प्रकरणः पक्राउ परेका युवाको परिचय खुल्यो, अाइजी खनाल अाफैँले लिए वयान

–माधव तिवारी

१९ मंसिर, काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (अाइजी) सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा पक्राउ परेका एक युवासँग बुधबार साँझ अाफैँले वयान लिएका छन । महानिरीक्षक खनालले बुधबार राति प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) नै पुगेर पक्राउ परेका एक युवा प्रदीप रावलसँग ल वयान लिएका हुन ।

व्यूरोले सात जना माथि अनुसन्धान गरिरहेको भएपछि अाइजी खनालले रावलसँग वयान लिएका हुन । रावलको डिएनए समेत परीक्षण भएको प्रहरीले जनाएको छ । उनको डिएन परीक्षणको प्रतिवेदन भने अाइसकेको छैन ।

रावललार्इ निर्मला हत्यामा संलग्न भन्दै मानसिक सन्तुलन बिग्रिएका व्यक्तिलार्इ अपराधि बनाएर सार्वजनिक गर्ने सिअाइबीका डिएसपी अंगुर जिसीले पक्राउ गरी छाडेका थिए । लागू ‌औषध प्रयोगकर्ता समेत रहेका रावल साउन ११ गते भारत मामाघर गएर नेपाल फर्केका थिए। रावललार्इ सोमवारदेखि हिरासतमा राखिएको छ । प्रहरीले रावलसहित ७ जनालार्इ कञ्चनपुरबाटै नियन्त्रणमा लिएर काठमाडाैँ ल्याएको र बँकी ६ जनालार्इ छाडिएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

–निर्मला हत्या प्रकरणः पक्राउ परेका युवा को हुन ?

प्रकाशित मिति : 23:30