निर्मला हत्या प्रकरणः पक्राउ परेका युवा को हुन ?
१९ मंसिर, काठमाडाैँ । निर्मला पन्तकाे हत्यामा संलग्न रहेकाे अाशंकामा पक्राउ परेका युवाको पहिचान सार्वजनिक गरेको छैन । कञ्चनपुर भीमदत्तनगरकी की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ती युवा काठमाडौंबाट पक्राउ परेको भनिएको छ यद्यपी उनलार्इ कञ्चनपुरबाटै नियमन्त्रणमा लिएर काठमाडाैँ ल्याइएको बुझिएको छ । निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) घरबाट बाहिरिएका एक युवक पक्राउ परेका हुन् ।
लागू औषध र दुर्व्यसनीमा संलग्न रहेका ती युवामाथि प्रहरीले पहिले नै आशंका गरेको थियो । तर परिवारका सदस्यले उनी भारत गएको बताएका थिए । प्रहरीले भारतमा समेत उनको खोजी गरिराखेको थियो । प्रहरीले सोमबारदेखि उनलार्इ हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार अन्दाजी २२ वर्षीय ती युवाको डीएनए परीक्षणका लागि प्रहरीले नमूना समेत संकलन गरिसकेको छ ।‘निर्मलाको हत्या र बलात्कारको घटनामा उनी कुनै न कुनै भूमिकामा संलग्न रहेको आशंका हामीलाई पहिलेदेखि नै थियो,’ प्रहरी स्रोतले भन्यो, ‘परिवारका सदस्यले उनी भारत गएको भनेका थिए । सोहीअनुसार हामीले खोजी पनि गरेका थियौं ।
पहिल्यैदेखि नै भिअाइपीको छोराको संलग्नता भनेर प्रचार गरिएको यस हत्या प्रकरणमा प्रकाउ परेका व्यक्तिको पहिचान गोप्य राखिएका कारण ती युवा भीअाइपीका छोरा हुन कि भन्ने अाशंका गरिएको छ ।
प्रकाशित मिति : 17:15









