२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

काभ्रेको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

४ असार, काभ्रे । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका ४ तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । याेसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ ।

हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर सञ्चालनमा छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलवार १६:१०