१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

समृद्धि फाइनान्सद्धारा जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न

३१ जेठ, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले खरेन्द्रपुर शाखाबाट जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले जेष्ठ ३० गते बुधवार शिवराज नगरपालिकाका ४० जना जेष्ठ नागरीकलाई शाखा परिषरमा बोलाइ बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसरकोबारेमा अन्तरक्रिया गरी बढ्दो गर्मींमा राहत होस् भनेर ग्लूकोज बितरण गर्नुका साथै उपस्थित जेष्ठ नागरीकलाई खादा ओडाएर सम्मान गरेको हो ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल््क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : June 13, 2024 at 5:15 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/