७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मेरा लागि भगवान अभिव्यक्ति र मानवीय कमजोरीको प्रतीक मात्रै होः आइन्स्टाइन 


१९ मंसिर,काठमाडाैं । विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वर तथा धर्मका बारेमा एक पत्र लेखेका थिए । उनले भगवान अाफ्नालागि अरूकेहि नभएर अभिव्यक्ति र मानवीय कमजोरीको प्रतीक मात्रै रहेकाे उक्त पत्रमा उल्लेख गरेका छन् । उनले  लेखेको चर्चित पत्र अमेरिकाको लिलाम बजारमा २८ लाख ९० हजार अमेरिकी डलर(झण्डै ३३ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको थियाे ।

आइन्स्टाइले आफ्नो मृत्यु हुनुभन्दा एक वर्ष पहिले यो पत्र  लेखेका थिए । दुई पेजको यो पत्र ३ जनवरी, १९५४ मा जर्मनीका दार्शनिक एरिक गटकाइन्डलाई लेखिएको थियो ।

आइन्स्टाइन पत्रमा लेख्छन् ‘मेरा लागि भगवान शब्दको अर्थ अरु केही नभएर अभिव्यक्ति र मानवीय कमजोरीको प्रतीक मात्रै हो । बाइबल एक पूजनीय किताब हो । तर अहिले पनि प्राचीन किम्वदन्तीकै संग्रह हो ।’ उनी पत्रमा लेख्छन्, ‘मेरो यो विचारमा परिवर्तन ल्याउन सक्ने न त कुनै व्याख्या छ, न त कुनै रहस्य नै रहेको छ ।’

आइन्स्टाइनले १७ औँ शताब्दीका यहूदी डच दार्शनिक बारुच स्पिनोजाको उदाहरण दिँदै आफूले पनि दैनिक जीवनमा मानवरुपी देवतामा विश्वास नराख्ने बताएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार २१:०९