८ असार २०८३, सोमबार | Mon Jun 22 2026

हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता सेयरको लकइन अवधि असार १० बाट सकिँदै

२९ जेठ, काठमाडौँ। हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता शेयरको लकइन अवधि असार १० गतेबाट सकिने भएको छ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लक इन अवधि असार १० मा समाप्त हुन लागेको हो ।

गत पुस ११ गते कम्पनीले साधारण सेयर बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि असार १० गतेबाट समाप्त हुन लागेको हो ।

प्रकाशित मिति : June 11, 2024 at 10:50 am