१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गण्डकीमा फणीन्द्रले फ्लोर क्रस गर्दा मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


२८ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् ।

३१ सांसदको समर्थन लिँदै पाण्डेले सदनबाट विश्वास पाएका हुन् । उनकाे विपक्षमा २८ मत परेको छ । मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रबाट चुनाव जितेका डा बाबुराम भट्टराई पक्ष गण्डकीका सांसद फण्डिन्द्र देवकोटा, राप्रपाका २ र दीपक मनाङेले विश्वासको मत दिएका हुन् ।

गण्डकीमा नेपाल कांग्रेसका २७, कम्युनिस्ट पार्टी एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुख सहित), राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १७:०६