८ श्रावण २०८१, मंगलवार | Wed Jul 24 2024

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित


२१ जेठ, मनहरी (मकवानपुर) । नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालबीच प्रतिस्पर्धा भएको थियो ।

यस्तै उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्ट, उपसचिव (पुरुष) तर्फ फुर्वा लामा र उपसचिव (महिला) तर्फ आरती पाठक विजयी भएकी छन् । निर्वाचनमा सात सय ७७ प्रतिनिधिमध्ये सात सय ६५ जना सहभागी भएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १८:३३