बैंक खातामा रेमिट्यान्स पठाएको सुनिश्चितताको आधारमा विना धितो ऋण उपलब्ध गराउने
१५ जेठ, काठमाडाैँ । सरकारले बैंक खातामा रेमिट्यान्स पठाएको सुनिश्चितताको आधारमा विना धितो ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वाचन गर्दै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका नागरिकको परिवारलाइ बैंक खातामा रेमिट्यान्स पठाएको सुनिश्चितताको आधारमा विना धितो ऋण उपलब्ध गराउने पनि उल्लेख गरे ।
यस्तै रिटर्नी उद्यमशीलता मार्फत विदेशबाट फर्किएका एक लाख नागरिकलाई स्वरोजगार बनाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वाचन गर्दै विदेशबाट फर्किएका नागरिकलाई स्वरोजगार बनाउन ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ घोषणा गरेका छन । बजेट वाचन गर्दै उनले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीबाट उद्यमशीलता प्रवर्द्धन गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गरी एक लाख जनालाई स्वरोजगार बनाइने छ ।’
प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:२८