९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

आर्थिक वर्ष २०८१/०८२ आर्थिक सुधारको वर्ष हुने सरकारकाे घोषणा

१६ जेठ, काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरेका हुन् । पुनले अहिले पनि बजेट प्रस्तुत गरिरहेका छन ।

अर्थमन्त्री पुनले अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार नभएको स्वीकार गरे । लामो राजनीतिक संक्रमण, भूकम्प, कोभिड १९ लगायत कारणले अपेक्षित आर्थिक विकास हुन नसकेको अर्थमन्त्री वर्षमान पुनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:४४