९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुति गर्दै अर्थमन्त्री वर्षामान पुन (भिडियो)

१५ जेठ, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार नभएको स्वीकार गरे । लामो राजनीतिक संक्रमण, भूकम्प, कोभिड १९ लगायत कारणले अपेक्षित आर्थिक विकास हुन नसकेको अर्थमन्त्री वर्षमान पुनले बताए ।

यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त वैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए । सोही समिति गठनको कार्यादेश टुंगो लगाउनका लागि आजको बैठक दुई घण्टा पर सारिएको थियो ।

उक्त समिति गठन र सोको कार्यक्षेत्रमा प्रमुख दलहरुबीच सहमति जुटेपछि संसद्को गतिरोध अन्त्य हुनेभएको छ । संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन् ।

बजेट तल सुन्न सक्नुहुन्छ

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:३८