२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

युनाइटेड अजोड इन्स्योरेन्सले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने

११ जेठ, काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको संचालक समितिको बैठकले असार मसान्तसम्म तोकिएको चुक्ता पूँजी पुर्‍याउन १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले १०० बराबर १५ अनुपात अर्थात हाल कायम १०० कित्ताबापत नयाँ १५ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात इन्स्योरेन्सले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ११:१८