२ असार २०८१, आईतवार | Sun Jun 16 2024

सांग्रिला डेभलपमेन्ट बैंकको ७ हजार ६४२ कित्ता संस्थापक सेयर बिक्रीमा


९ जेठ, काठमाडाैँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी उमेशकुमार मुडभरीका नाममा रहेको ७ हजार ६४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमा हाल बैंकमा कायम रहेका सेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौँको बालुवाटारस्थित सांग्रिला बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र सेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधार व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १३:१३