१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष अधिकारीले लिए पद तथा गोपनीयताको शपथ


७ जेठ, माेरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री कार्कीले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा डा अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारी, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगरलगायत सहभागी थिए ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राई, पर्यटन वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगर, विभिन्न मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार २०:००