१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कुमारी बैंकले मोबाइलबाटै बिना धितो २ लाखसम्म ऋण दिने


७ जेठ, काठमाडौं । कुमारी बैंकले ग्राहकलाई मोबाइलबाटै बिना धितो ऋण दिने भएको छ । बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एप मार्फत २ लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको हाे ।

यसबाट विशेषगरी घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुँदा वित्तिय पहुच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १४:१३