१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

दुर्इ तिहाइको सरकारलार्इ ध्वस्त पारेर नेपाललार्इ असफल पार्ने खेल तीव्रः प्रा डा संग्राैला

१५ मंसिर, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता प्रा डा युवराज संग्राैलाले दुर्इतिहाइको वामपन्थी सरकार ध्वस्त पारेर नेपाललार्इ असफल राज्यको खाल्डोमा हाल्ने खेलहरू तीव्र भएको बताएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत अन्तर्राष्ट्रिय कानुनका जानकार समेत रहेका प्रा डा संग्राैलाले विभिन्न नाममा नेपालको राजनीतिलाई विवादित बनाएर असफल राज्यको खाडलमा हाल्ने खेल भैरहेको बताएका हुन ।

उनले एसिया प्यासिफिक समिट नामको काठमाडाैँमा जारी जम्बुरीले थुप्रै प्रश्नहरू उठाएको भन्दै नेपालमा विकासको सम्मेलन अावश्यक रहेकाे अवस्थामा धार्मिक संस्थाको नेतृत्वमा कसरी र किन सम्मेलन भयो भन्ने प्रश्नको जवाफ अाउनुपर्ने बताएका छन । प्रा डा संग्राैलाले यो प्रश्नको सही जवाफ अाउन सकेन भने एउटा गम्भीर विभाजन निम्त्याउन सक्ने बताएका छन ।

प्रा डा संग्राैलाले लेखेका छन ‘कस्ले यो सम्मेलनको ढाँचा तयार पार्यो ? नेताहरुलाई गाली गर्नु भन्दा कसरी नेताहरू यस्मा संलग्न हुन पुगे भन्ने कुरामा छलफल हुनु पर्छ होला। के राजनीतिमा संलग्न ब्यक्तिहरुले यो सम्मेलन विदेशीको छ्द्म योजना अनुरुप ल्याय ? के यो सम्मेलनको सम्बन्धमा राजनीति गर्नेहरु विदेशीको छ्द्मखेलको शिकार भए ? के विदेशी तत्वले नेपालका राजनीतिलाई प्रभावित गर्न सकेको हो ? हामीले गर्नु पर्ने विश्लेषण यता तर्फ केन्द्रित हुनु पर्छ होला।’ उनले एसिया प्यासिफिक समिटको बारेमा निर्णय लिँदा थुप्रै कुराहरुको विश्लेषण गर्न नसकेको वा यसलार्इ सामान्य रुपमा लिएको हुन सक्ने बताएका छन ।

संग्राैलाको फेसबुकमै गएर विचार पढ्न सक्नुहुन्छ

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार ०८:४२