६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कांग्रेसकाे विरोधका बीच प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत मागेका छन्

प्रतिनिधिसभाको बैठकमा कांग्रेसलगायतका विपक्षी दलहरूले वेल घेराउ गरेर नाराबाजी गर्दा प्रधानमन्त्रीले रोष्ट्रमबाट विश्वासको मत मागेका हुन् ।

उनले भने, ‘प्रतिपक्षका साथीहरूलाई मेरो आग्रह छ, हामी सबैको गन्तव्य राष्ट्रनिर्माण नै भएकाले यही गन्तव्यका लागि विश्वासको मत दिनुस्।’

विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गरेका हुन् ।

प्रकाशित मिति : May 20, 2024 at 12:33 pm