१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसलाई रविको प्रश्नः गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ कुन नैतिकताले मिल्ने रहेछ ?


६ जेठ, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई संसदको रोष्ट्रममा उभिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई नांगो पारिदिएका छन । दर्जनौँ भ्रष्टाचार काण्डका विषयमा पुनः विषय प्रवेश गराउँदै रवि लामिछानेले नेपाली कांग्रेसको चरित्र उदंगो पारिदएका हुन । आइतबार साँझ भएको प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस माथि दर्जनबढी गम्भीर प्रश्न गर्दै ती सबै विषयमा अनुसन्धान र छानविनका लागि तयार रहन चुनौति समेत पेश गरेका छन ।

संसदमा बोल्दै लामिछानेले भने ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ? हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ? यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ ।’

उनले  प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापति शेरबहादुर देउवालालाई समेत प्रश्न गरेका गरे । सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको स्पष्टिकरण पनि दिए ।

कांग्रेसमाथि रविको प्रश्नै प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले वाइडबडीदेखि भृकुटीमण्डपसम्म भएका भ्रष्टाचारकाण्डमा मुछिएकाहरू अहिले संसद्मै नारा लगाउँदै बसेको बताए । उनले महामन्त्री गगन थापाले बाख्रा पाल्न लिएको अनुदानमा घोटाला भएकोदेखि अरु काण्डबारे पनि व्यापक चर्चा गरे । कांग्रेससभापति उपसभापति धनराज गुरुङतिर लक्षित गर्दै कूटनीतिक राहदानी दुरुपयोग गरेर मानव तस्करी गरेको कुरा पनि बोलाए ।

उनले विदेशीलाई सूचना बेच्ने काममा समेत कांग्रेस लागेको बताए । गृहमन्त्री लामिछानेले बैठकमा खसी, बोका, कुखुरा र हाँस बेच्ने नाम राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौँ  र राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौँ भन्दै चर्किए । उनले दुई तीन वटा नागरिकता बोक्नेलाई मात्रै होइन, नागरिकता एउटै बोक्ने, देशकै बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेण्टहरुलाई पनि बाहिर पठाऊँ । देशको मन्त्री होस् या पार्टीको महामन्त्री होस् भन्दै गगनमाथि कटाक्ष गरे ।

यो पनि पढ्नुहोस्

सरकारका सचिवहरूले राष्ट्रिय झण्डा चिन्दैनन् कि मान्दैनन् ?

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १९:२४