एचअाइभी संक्रमित र एड्स रोगीलार्इ उपचारको अभाव हुन दिइने छैनः प्रधानमन्त्री अोली
१५ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी र एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने बताउनुभएको छ । ३१ औं विश्व एड्स दिवशको अवसरमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले एचआइभि संक्रमितलाई सरकारले निशुल्क औषधीको व्यवस्था गरेको स्मरण गराउनु भएको छ ।
“नेपालमा एचआइभि संक्रमितहरुलाई सरकारले निशुल्क औषधीको व्यवस्था गरेको ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “सबै संक्रमितहरुमा यो सेवा पु¥याउन सरकारका स्वास्थ्य निकाय र एड्स विरुद्ध कार्यरत सबै संस्थाहरुलाई म आग्रह् गर्दछु । सबै संक्रमितमरुले उपचार सेवा पाउनु पर्दछ ।”
एचआइभि एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको आवश्यकतामा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ । दिगो विकासका लक्ष्यहरुले स्वास्थ्य मानव समाजको परिकल्पना गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुत गतिमा अघि बढाउनु पर्नेमा जोड दिनुभएको छ । यस अभियानमा नेपालमा पनि राष्ट्रिय एड्स परिषदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।
प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार ०८:०२