६ असार २०८३, शनिबार | Sat Jun 20 2026

राष्ट्रियसभा बैठक पनि सर्‍यो

६ जेठ, काठमाडाैं । राष्ट्रियसभा बैठक सरेको छ। आइतबार दिउँसो १ः१५ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १५ मिनेटसम्मका लागि सारिएकाे हो।

राष्ट्रियसभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सो बैठकमा विपक्षी दलहरूले अवरोध कायम राख्ने बताएसँगै राष्ट्रियसभा बैठक स्थगित भएको हो।

आइतबारको बैठक अवरुद्ध नहुनेगरी शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमति जुटेको थियो। यद्यपि कांग्रेसले माग गर्दै आएको संसदीय दलको समितिको टीओआरमा सहमति जुट्न नसक्दा पुनः संसद् बैठक अन्योलमा परेको हो।

टीओआरमा सहमति जुटाउन सिंहदरबारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेकाे छ । कार्यदलको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि पुगेका छन्।

प्रकाशित मिति : May 19, 2024 at 1:26 pm