१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

प्रतिनिधिसभा बैठककाे समय सर्‍यो

६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजेका लागि बालाइएकाे बैठक विशेष कारण देखाउँदै दिउँसो २ बजेलाई सारिएकाे हो । सहकारी प्रकरणमा छानबिन समितिको क्षेत्राधिकाको विषयमा सत्ता पक्ष र विपक्षी दलको संयुक्त कार्यदलको बैठक जारी छ ।

गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समितिको क्षेत्राधिकारमा सहमति नजुटेसम्म बैठक नचलाउन विपक्षी मोर्चाको आग्रहपछि सदनको समय परिवर्तन गरिएको हो ।

संसदीय समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बसिरहेको छ ।

प्रकाशित मिति : 13:00