१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

भ्रष्टाचारविरूद्ध आन्दोलन नछेडेसम्म कुनै पनि समृद्धि आउदैनः प्रवक्ता श्रेष्ठ

१४ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्ध आन्दोलन नछेडेसम्म कुनै पनि समृद्धि नअाउने बताएका छन ।

उनले मुलुकमा व्याप्त भष्टाचार नियन्त्रण नगरी समृद्धि हासिल नहुने बताए । शुक्रबार मानव अधिकार तथा शान्ति समाजको २१ औं राष्ट्रिय परिषद भेलामा प्रवक्ता श्रेष्ठले राजनीतिक दलभित्र र समाजमा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नु मुख्य आवश्यकता रहेको बताए ।

उनले राज्यमा, राजनीतिक पार्टीहरुमा, समाजमा व्याप्त चरम भ्रष्टाचारका विरूद्ध अान्दोलनको अाँधी सिर्जना गर्नुपर्ने बताए । प्रवक्ता श्रेष्ठले मुलुकमा अब राजनीति सफा गर्ने आन्दोलन आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार २०:२२