प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते फेरि विश्वासको मत लिने
४ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते पुनः विश्वासको मत लिने भएका छन । विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले संसद सचिवालयमा पत्र पठाएको संचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले २०८१ जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राखिदन अनुरोध गर्दै पत्र पठाएका हुन ।प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।
जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
प्रकाशित मिति : 08:06









