१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संसदमा सांसदहरुबीच धकेलाधकेल, बैठक स्थगित


३ जेठ, काठमाडौं । प्रतिनिधिसभाकाे बैठकमा सांसदहरुबीच धकेलाधकेल भएको छ । बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको हाे ।

विहिबार साँझ बसेकाे बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो ।सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले रोष्ट्रममा नाराबाजी गरिरहेका थिए ।

यसरी सांसहरूबीच धकेलाधकेलको स्थिति भएपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका छन् । अर्को बैठक आगामी शुक्रबार बस्ने समेत सभामुख घिमिरेले जानकरी दिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १८:२६