१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मदननगरमा मदन–जीवराजको स्मरण


३ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उहाँहरूले गर्नुभएको योगदानको स्मरण गर्दै आज मनाइँदैछ । एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अहिले मदननगर बल्खुमा कार्यक्रम गरिरहेको छ ।

दुर्घटनास्थलमा एमाले चितवनले पनि बिबिध कार्यक्रम गर्दैछ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उहाहरुको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार ०९:३२