८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025

समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण

३० वैशाख, काठमाडौं । समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बैशाख २८ गते शुक्रबार कसाह चियाबारीको आधारभुत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहीयाको राट्रिय आधारभुत विद्यालयका ३० जना विपन्न वर्गका जेहेन्दार विद्यार्थिलाइ कापी र कलम वितरण गरेकोे हो ।

फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्यको सो कार्यक्रम खरेन्द्रपुर शाखाले शिवराज नगरपालिकाका मेयर अजय थापा र कसाह शाखाले वडा अधक्ष्य रामभरोश महत्ताेकाे अधक्ष्यतामा सम्पन्न भएको हो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरु तय गरेको र आउने महिनाहरुको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १४:४५