युनिफिकेसन चर्चको वजारिकरणका लागि अायोजित डिनर बहिष्कार गर्ने डा लोहनीको घोषणा
१४ मंसिर, काठमाडाैँ । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दक्षिण कोरियाको युनिफिकेसन चर्चको वजारिकरणका लागि अायोजित डिनर बहिष्कार गर्ने घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा अाफ्नो धारणा सार्वजनिक गर्दै डा लोहनीले डिनर बहिष्कार गरेको बताएका हुन । उनले चर्चको वजारिकरणको लागि सरकारले लगानी गर्नु गलत भएको समेत बताएका छन ।
उनले फेसकुबमा लेखेका छन ‘दक्षिण कोरियाको युनि फिकेसन चर्चको वजारिकरणको लागि नेपालका प्रधानमन्त्रि सहित १५००/ दम्पति लाइ चर्चका गुरुवाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपालसरकार संलग्न हुनु दुर्भाग्य हो।नेपालको लागि यो भेला को उद्देश्य युनिफिकेसन चर्चको अन्तराष्ट्रीय वजारमा प्रवधन गर्ने र उक्त चर्च का इसाइ पादरि वाट नेपालका ठुलावडाका दम्पति सहित आशीर्वाद लिने काममा सिमित रहेको देखिन्छ।युनिफिकेसन चर्च को वजारिकरणमा नेपाल सरकार ले दुई करोड़ खर्च गरि हिस्सेदार वनेर हिन्दु र वुद्द भूमि नेपालको सांस्कृतिक जग वलियो हुन्छ भन्नु अर्थहिन हो।एराप्रपा(राष्ट्रवादी) यो अर्थहिन अभियान मा सहभागि हुन चाहदैन र यसै सन्दर्भमा यसकार्यक्रमको लागि वोलाइयको डिनर निम्ता वहिस्कार गर्दछु।’
प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १०:५१