९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी

३० वैशाख, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन नाफा अघिल्लो आवको सोही अवधिकाे तुलनामा १६.०६ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा ९३ करोड १९ रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड, महाविपत्ती कोषमा १३ करोड ५१ लाख रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ ६० पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपेयाँ ४९ पैसा रहेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार ०९:४५