७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

नेष्डो समृद्ध लघुवित्तको नाफामा पहिरो, खराब कर्जा अनुपात १२.५८ प्रतिशत


२८ वैशाख, काठमाडौ ।नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । जुन नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.४८ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

याे अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी २९.८१ प्रतिशतले घटेर १९ करोड ४६ लाख रुपैयाँ कायम भएकाे छ । तेस्रो त्रैमाससम्म कम्पनीकाे खुद सञ्चालन आम्दानी १९ करोड ६५ लाख र सञ्चालन मुनाफा ६ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीकाे खराब कर्जा अनुपात १२.५८ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा कम्पनीकाे खराब कर्जा अनुपात ८.५५ प्रतिशत कायम थियो । याे अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी(ईपीएस)२४.०९ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ३९५.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७१.८१ गुणा ऋणात्मक रहेकाे छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १२:५०