७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

छिमेक लघुवित्तको नाफा घट्याे, ईपीएस २८.८३ रुपैयाँ


२८ वैशाख, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २६.८९ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएकाे छ । जुन नाफा अघिल्लो आवको साेही अवधिकाे तुलनामा २.८५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ११ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, याे अवधिमा कम्पनीकाे खराब कर्जा अनुपात १.१९ प्रतिशतबाट बढेर ३.०४ प्रतिशत पुगेको छ ।

 वितरणयोग्य मुनाफा १ अर्ब ३० करोड रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।  हाल २ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २८ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ३० पैसा रहेकाे छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १०:००